Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

सुदूरपश्चिमको लगातार छैटौं जित, चितवन ४९ रनले पराजित

सुदूरपश्चिमको लगातार छैटौं जित, चितवन ४९ रनले पराजित

images
  • सुदूरपश्चिमको लगातार छैटौं जित, चितवन ४९ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो ।

    images
    images
    images

    सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछाएको चितवनले १७.१ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।

    images
    images
    images

    चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए । त्यस्तै सुदूरपश्चिमका बलर पुनीत मेहराले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, अविनाश बोहोरा र इशान पाण्डेले एक एक विकेट लिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १६९ रन बनाएको  थियो ।

    सुदूरपश्चिमका लागि क्रिस लीनले सर्बाधिक ७५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित २४ रन बनाएका थिए ।  त्यस्तै विनोद भण्डारीले २१ र पुनीत मेहराले १३ रन बनाएका थिए । त्यसैगरी चितवनका बलर सैफ जैबले २ विकेट लिए भने रन्जीत कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिएका थिए ।

    यो जितपछि सुदूरपश्चिमले अपराजित रहदै लगातार छैटौं जित हासिल गरेको छ । सुदूरपश्चिम यसअघि नै प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनले भने ६ खेलमा केवल २ जित र ४ हारसहित ४ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।