Logo

२०८३, श्रावण ३०गते


images
images

क्यानन 'सेभेन ए साइड फुटबल' : च्याम्पियन बन्यो होराईजन, स्कलर्सहोम उपविजेता

क्यानन 'सेभेन ए साइड फुटबल' : च्याम्पियन बन्यो होराईजन, स्कलर्सहोम उपविजेता

images
  • क्यानन 'सेभेन ए साइड फुटबल' : च्याम्पियन बन्यो होराईजन, स्कलर्सहोम उपविजेता
    images
    images

    बुटवल । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।

    images
    images
    images

    जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई 'सडेन डेथ'मा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार  ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।

    images
    images
    images

    सिद्घेश्वर खेलमैदानमा भएको निर्धारित समय बराबरी गोल भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि बराबरी भएपछि खेल सडेनडेथमा ४–३ गोलले होराईजन जिबिएसले उपाधी चुम्न सफल भएको हो ।

    images
    images
    images

    विजेताहरुलाई राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक शंकर भण्डारी, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य विष्णु न्यौपानेले पुरस्कार वितरण गरेका हुन् ।

    प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुसान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँ सहित पुरस्कृत भए । यस्तै होराईजन जिविएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक र स्कलर्स होमका सुमित पुलामीमगर सर्वाधिक स्कोरर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक पवन बस्यालले बताए । फाईनल खेलमा होराईजन जिविएसका अज्जु सारु मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।  

    पुरस्कार वितरण कार्यक्रमका बोल्दै  राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले क्याननले सेभेन ए साईड प्रतियोगिता गरेर फुटबल खेलाडी उत्पादनमा योगदान गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले फुटबल प्रतियोगिता गरेपनि यसले भविष्यमा रुपन्देहीबाट राष्ट्रियस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे ।

    क्याननले गत वर्षदेखि क्यानन सेभेन ए साईड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा सञ्चालन सुरु गरेको हो ।

    विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादनमा प्रोत्सहन गर्न आफूहरुले ब्राण्डका रुपमा क्यानन सेभेन ए साईड प्रतियोगिता गरेको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले बताए ।

    मंसिर १४ गतेबाट शुरु भएको प्रतियोगितामा ३० वटा विद्यालयहरु भाग लिएका थिए ।  

    गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।