Logo

२०८३, श्रावण ३१गते


images
images

काठमाडौँ महानगरबाट सेवानिवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

काठमाडौँ महानगरबाट सेवानिवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

images
  • काठमाडौँ महानगरबाट सेवानिवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले सेवा निवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित सम्मान गरेको छ ।

    images
    images
    images

    २२औँ राष्ट्रिय तथा काठमाडौँ महानगरको १४औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसर पारेर राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । समारोहमा २ जना स्वयमसेविकाका हकवालालाई मरणोपरान्त सम्मान गरिएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले उनीहरुलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    महिला स्वास्थ्य स्वयमसेविका रणनीतिबमोजिम ६० वर्षको उमेरसम्म सेवा गर्न पाइन्छ । यसपछि सेवा निवृत्त हुनेछ ।   त्यस अवसरमा हरेक वडाबाट एक जना स्वयमसेविकालाई ५ हजार रुपियाँसहित उत्कृष्ट स्वयमसेविका सम्मान प्रदान गरिएको थियो ।  महानगरमा धेरै स्वयमसेविका भएका बेला ५५८ जना थिए । अहिले ४५३ जना सक्रिय छन् । 

    images
    images
    images

    महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका राष्ट्रिय रणनीति बमोजिम स्वयमसेविकाहरुबाट सेवा प्रवाह हुने गरेको छ । २०४७ सालमा पहिलो पटक जारी भएको रणनीति आर्थिक वर्ष २०६७-०६८ सम्ममा पाँचौँ पटक पुनर्लेखन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत तथा जारी भएको थियो । २०६७ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेर २०७६ सालमा पहिलो संशोधन भएको छ । 

    समुदायभित्र आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन प्रतीकारात्मक र प्रवर्धनात्मक सेवा प्रवाह गर्नु स्वयमसेविका कार्यक्रम रणनीतिको उद्देश्य हो । स्थानीय तथा राष्ट्रिय स्वास्थ्य लक्ष्य प्राप्त गर्न सहयोग गर्ने उनीहरुको मुख्य दायित्व हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।