Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

समानुपातिक निर्वाचन प्रक्रिया शुरु : आजदेखि दल दर्ताको आवेदन खुल्ने

समानुपातिक निर्वाचन प्रक्रिया शुरु : आजदेखि दल दर्ताको आवेदन खुल्ने

images
  • समानुपातिक निर्वाचन प्रक्रिया शुरु : आजदेखि दल दर्ताको आवेदन खुल्ने
    images
    images

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले दल दर्ताको आवेदन दिने समय तोकिएको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने आयोगले जनाएको छ ।

    images
    images
    images

    समानुपातिकका लागि आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । यस्तै, आगामी माघ २० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

    images
    images
    images

    कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ । 

    त्यस्तै प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने, सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम आयोगले तय गरेको छ । त्यस्तै माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको आयोगले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।