Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

कर्णालीको सान्त्वना जित, जनकपुर बोल्ट्स ३ रनले पराजित

कर्णालीको सान्त्वना जित, जनकपुर बोल्ट्स ३ रनले पराजित

images
  • कर्णालीको सान्त्वना जित, जनकपुर बोल्ट्स ३ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।

    images
    images
    images

    कर्णालीले दिएको १३० रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको हो ।

    images
    images
    images

    जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ५१ रन बनाए भने संगीथ कूरेले २५ रन बनाएका थिए ।  त्यस्तै कर्णालीकाविलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।   

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो । कर्णालीका लागि मार्क वाटले सर्बाधिक ३३ रन बनाएका थिए भने गुलशन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पंचलले १६ विलियम बोसिस्टोले १५ र नाजिबुल्लाह जद्रानले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी र आदित्य महाताले २-२ विकेट लिएका थिए भने संगीथ कूरे, अनिल शाह र माज सदाकतले एक एक विकेट लिएका थिए ।

    यो यस सिजनमा कर्णालीको दोस्रो जित हो । त्यस्तै गत सिजनको विजेता जनकपुर बोल्ट्सले भने यस सिजनमा केवल एक जित हासिल गर्दै सिजन समाप्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।