Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलमा नेपाली बलरको दबदबा : सन्दीपको उत्कृष्ट बलिङ

एनपीएलमा नेपाली बलरको दबदबा : सन्दीपको उत्कृष्ट बलिङ

images
  • एनपीएलमा नेपाली बलरको दबदबा : सन्दीपको उत्कृष्ट बलिङ
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेलहरु सकिएका छन् ।  लिग चरणका खेल सकिदा प्लेअफमा खेल्ने चार टिमको टुंगो लागेको छ र प्लेअफको समीकरण पुरा भएको छ । 

    images
    images
    images

    अब सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

    images
    images
    images

    पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलवार खेल्ने छन्  । त्यस्तै बुधवार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिवार हुने छ ।

    images
    images
    images

    लिग चरणका खेलमा नेपाली बलरको दबदबा देखिएको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सर्बाधिक १५ विकेट लिएका छन् । त्यस्तै सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले १४ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका शाहाब आलम र करण केसीले १२-१२ विकेट लिएका छन् । त्यस्तै लुम्बिनी लायन्सका शेर मल्ल र  कर्णाली याक्सका नन्दन यादवले १०-१० विकेट लिएका छन् ।

    त्यस्तै कर्णाली याक्सका सोमपाल कामीले ९ विकेट लिएका छन् भने पोखरा एभेन्जर्सका विपिन खत्री र काठमाडौँ गोर्खाजका रशिद खानले ८-८ विकेट लिएका छन् ।

    धेरै विकेट लिने विदेशी बलरमा श्रीलंकाका धनन्जय लक्शान र अमेरिकाका मिलिन्द कुमारले १०-१० विकेट लिएका छन् । 

    त्यस्तै एक इनिंगमा काठमाडौँ गोर्खाजका शाहाब आलमले पोखरा एभेन्जर्सविरुद्ध सर्बाधिक ६ विकेट लिदै प्रतियोगितामा एक खेलमा सर्बाधिक विकेट लिएका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।