Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईँले भने- बाहिर भनेका कुरामा माफी माग्छु, दुर्गाको रुप धारण गरेर काम गर्नुस् !

प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईँले भने- बाहिर भनेका कुरामा माफी माग्छु, दुर्गाको रुप धारण गरेर काम गर्नुस् !

images
  • प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईँले भने- बाहिर भनेका कुरामा माफी माग्छु, दुर्गाको रुप धारण गरेर काम गर्नुस् !
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गरेकी छन् ।

    images
    images
    images

    दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि सभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेका थिए । 

    images
    images
    images

    अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गर्दै भने- 'मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो । दुर्गाको रुप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ । यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ ।’

    images
    images
    images

    प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिए । शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उहाँले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे । 

    प्रसाईँ अगाडी भने- ‘यसअघिका सरकारहरु हाम्रा माग सुन्नै चाहेनन्। यही कारण दुर्घटना भयो। कमसे कम यो सरकार सुन्न तयार भयो। प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ। यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

    प्रसाईँले आफ्ना माग पूरा भए देशभरि खुसियाली छाउने र कोही पनि सडकमा आउनु नपर्ने दाबी गरे ।

    प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताउनुभयो। प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो। तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उनको धारणा थियो । प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने समझदारी भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।