Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

images
  • एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

    images
    images
    images

    समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

    images
    images
    images

    लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन् । त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन् । त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन् ।

    अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन् । त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२- १२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।