काठमाडौँ । भन्सार ऐन २०५२ मा समावेश गरिएका प्रावधानको विरुद्धमा आन्दोलनमा रहेको भन्सार एजेन्ट महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
महासंघका अध्यक्ष प्राचिन कुअमर थैवले देशभरका भन्सार कार्यालयहरुमा पेन डाउन लगायतका विरोध कार्यक्रमप्रति भन्सार विभाग र महासंघबीच छलफल भई सकारात्मक रुपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको जनाकारी दिएका छन् ।
यसैबीच भन्सार विभागले पनि भन्सार एजेण्ट महासंघको तर्फबाट पेश गरिएका विभिन्न मागमा व्यवस्थापन सुधार गर्ने र विभाग/कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरु विभाग/कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवं नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ निर्णय भएको जानकारी गराएको छ ।
आइतवारदेखि लागु भएको भन्सार ऐन २०८२ का प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएको भन्दै उनीहरुले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा विरोध कार्यक्रम शुरु गरेका थिए ।
आन्दोलनका कारण देशभर भन्सार जाँचपास अवरुद्ध हुदा राजश्व संकलन प्रभावित भएको थियो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology