Logo

२०८३, श्रावण ३१गते


images
images

रूपन्देहीमा रु ८ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

रूपन्देहीमा रु ८ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

images
  • रूपन्देहीमा रु ८ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
    images
    images

    भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका रु ८ लाख ७० हजार ३२० बराबरका सामान बरामद गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार रोहिणी गाउँपालिका–६ बोधबारबारबाट रु ५० हजार मूल्य बराबरको यूपी ५६ ए ३४८९ नम्बरको मोटरसाइकलसहित १४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु ८४ हजार बराबरका लेडिज सुट २३ पिस र किराना सामान आठ बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

    त्यस्तै बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट रु १३ हजार ६०० बराबरको ३४ किलो सुपारी र सिद्धार्थनगर–२ केउटोलियाबाट रु १ लाख ४२ हजार ५०० बराबरका २८५ पिस कुर्ता–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    मायादेवी गाउँपालिका–८ उचिमीबाट रु ९७ हजार बराबरका लेडिज ब्रा २६४ पिस, लेडिज पेन्ट्री २७६ पिस र लेडिज लुंगी २० पिस बरामद गरिएको छ ।

    कोटहीमाई गाउँपालिका–३ कुडसरबाट रु ७५ हजार ९२० बराबरको यूपी ५६ पी ९४४६ नम्बरको मोटरसाइकलसहित ११० किलो ब्रोइलर कुखुरा तथा रोहिणी गाउँपालिका–६ ओरहवाबाट रु ७० हजार बराबरको यूपी १० बीएस २३२७ नम्बरको मोटरसाइकलसहित १८० किलो ब्रोइलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    मायादेवी गाउँपालिका–५ पसाहवाबाट रु २० हजार बराबरको २०० किलो काँचो केराउ र लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट रु ७ हजार बराबरको १०० किलो काँचो केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

    त्यसैगरी मायादेवी गाउँपालिका–६ कल्बटबाट रु १० हजार ३०० बराबरको मटर दाल दुई बोरा तथा विभिन्न फलफूल बरामद गरिएको छ । सिद्धार्थनगर–८ बुद्धचोकबाट रु ७८ हजार बराबरका ४० क्रेट केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–६ महजिदियाबाट रु ८० हजार बराबरको यूपी ५५ एक्स ४७१ नम्बरको मोटरसाइकलसहित १२० किलो ब्रोइलर कुखुरा बरामद गरिएको छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ मेउडिहवाबाट रु १ लाख ४२ हजार बराबरका लेडिज सुट ३५ पिस, साइकलका पार्टपुर्जा एक झोला, कीटनाशक औषधि १० पिस तथा ७५० किलो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भन्सार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।