Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा

बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा

images
  • बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा
    images
    images

    सिन्धुपाल्चोक । बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका-४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    सोही जिल्लाको बाह्रविसे नगरपालिका-६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मुल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मुल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।

    नियन्त्रणमा लिईएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भन्सार
  • # बिलविजक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।