Logo

२०८३, आश्विन ९गते


images
images

म यो सहिद दिवस मनाउँदिन

म यो सहिद दिवस मनाउँदिन

images
  • म यो सहिद दिवस मनाउँदिन
    images
    images

    म यो सहिद दिवस मनाउँदिन

    images
    images
    images

    गरिबको मानो फेरिएकै छैन
    झुपडीको छानो फेरिएकै छैन
    खै कसरी भनौं
    छोरीको बिजात्रा रोकिएकै छैन
    छोराको बिदेश यात्रा छेकिएकै छैन
    त्यसैले म यो सहिद दिवस मनाउदिन ।

    images
    images
    images


    सत्ता परिवर्तनको निम्ति मात्रै होईन
    सहिदहरुले बलिदानी दिएका ।
    मुर्ती बनेर चोकमा ठडिन मात्रै होईन
    सहिदहरुले बलिदानी दिएका ।
    खै कसरी भनौं
    जबसम्म देशको मुहार फेरिदैन
    छिमेकीको हैकमवाद रोकिदैन
    तबसम्म म यो सहिद दिवस मान्दैमान्दिन।

    images
    images
    images


    सामन्त ढाल्दा ढाल्दै 
    आफै ढलेका सहिदहरु हो सुन
    दलाल मास्दा मास्दै
    आफै मासिएका सहिदहरु हो सुन
    खै कसरी भनौं
    आफ्नै पार्टीका नेताहरु
    सामन्त र दलाल बनेको टुलुटुलु कसरी हेरौं ?
    त्यसैले माफ गर, म यो सहिद दिवस मनाउदिन।


    जुन उदेश्य प्राप्तीका निम्ति तिमी सहिद बन्यौं
    एकपटक मुर्तीबाट मान्छे बनेर त हेर
    ती सबै सपनाहरु अझै अधुरै छन् 
    खै कसरी भनौं
    ए सहिद हरु!
    तिमीहरु प्रती उच्च सम्मान सहित श्रद्वा सुमन छ
    जबसम्म तिम्रा सपना पूरा हुन्नन
    माफ गर! 
    तबसम्म म यो सहिद दिवस मनाउदिन।
    म यो सहिद दिवस मनाउदिन।

    - रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ ५ नुवाकोट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।