Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अघि बढिरहेका छौं : गृहमन्त्री

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अघि बढिरहेका छौं : गृहमन्त्री

images
  • निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अघि बढिरहेका छौं : गृहमन्त्री
    images
    images

    पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् ।   

    images
    images
    images

    सोमवार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको कास्की पोखरामा उद्दघाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फाल्गुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भईरहेको बताएका हुन् ।

    images
    images
    images

     गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुभारम्भ गर्दै मन्त्री अर्यालले स्वतन्त्र विश्वसनीय निष्षक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना-२०८२ स्वीकृत भई सोहि बमोजिम कार्य भईरहेको व्यहोरा बताएका छन् । 

    images
    images
    images

    उनले फरार कैदी बन्दीका सम्बन्धमा  कुल फरार कैदीमध्ये ठुलो संख्यामा करिब करिब ७० प्रतिशत कैदी बन्दी हाल फिर्ता आईसकेको  र बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले चनाखो भई काम गरिरहेको बताए । भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये हाल सरकारले सबै प्रदेशमा यस्तो सुरक्षा गोष्ठी गर्नु पनि एक प्रमुख कारण भएको बताउँदै, यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले गरे । 

    कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अहिले सरकारबाट नै तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउंदै निर्वाचन हुँदैन र सो को वातावरण बनेको छैन भन्नु भनेको पुनः देशलाई राजनीतिक अस्थिरता तर्फ धकेल्नु भएको बताए । 

    हाल देशमा धेरै भन्दा धेरै फरार कैदी बन्दी अझै बाहिर रहनु र लुटिएका हतियारको जफत नहुनाले राजनीतिक दलहरुप्रति चुनाव विश्वस्त वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले फेरी यसैलाई प्रमुख मुद्दा बनाएर अघि बढ्दा निर्वाचनको वातारण झनै बिग्रने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।