Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा रगतको लागि सेना प्रहरीको भर पर्नुपर्ने बाध्यता

बझाङमा रगतको लागि सेना प्रहरीको भर पर्नुपर्ने बाध्यता

images
  • बझाङमा रगतको लागि सेना प्रहरीको भर पर्नुपर्ने बाध्यता
    images
    images

    रमेश बहादुर सिह,  बझाङ।बझाङमा  बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ ।

    images
    images
    images

    बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।
    रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागी रगत खोज्न धौ धौ पर्ने गरेको जयपृथ्वी नगरपालिका-१ कैलाशका रबिन्द्र सिहले बताए । 

    images
    images
    images

    कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।’ अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने सिहको भनाइ छ ।

    images
    images
    images

    नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । ‘रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौं’, जिल्ला  अस्पतालकाप्रमुख डा सन्दिप ओखेडाले भने।

    जिल्लामा  रगत सङ्कलन केन्द्र (ब्लड बैंक)सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन्। रक्तदानका लागि बिभिन्न युवा सघंहरुले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ तर अहिले सबै युवाहरु पनि मौन रहेका छन । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा सन्दिप ओखेडाले  बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।