Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महासचिव पोखरेलले औल्याए महाधिवेशनका १० विशेषता

एमाले महासचिव पोखरेलले औल्याए महाधिवेशनका १० विशेषता

images
  • एमाले महासचिव पोखरेलले औल्याए महाधिवेशनका १० विशेषता
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको महाधिवेशनले १० सन्देश दिएको बताएका छन् ।

    images
    images
    images

    महाधिवेशनमा महासचिवमा दोहोरिएका पोखरेलले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको दाबि गर्दै महाधिवेशनका सन्देशहरुलाई अव पार्टी पंक्तिले आम जनताको वीचमा पुर्याउनु पर्ने बताएका छन् । 

    images
    images
    images

    उनले विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको यो महाधिवेशनका १० प्रमुख विशेषता यस्ता छन्: 

    images
    images
    images

    १- एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भयो। भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु यसको प्रमाण हो।

    २- पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गर्‍यो।

    ३- नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकोले उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्।

    ४- यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ।

    ५- आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो।

    ६- महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रह्यो। निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न हुन सक्यो।

    ७- छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा(एमाले)को नेतृत्वकारी भूमिका स्थापित गर्‍यो।

    ८- महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ।

    ९- समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो। यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ ।यद्यपी महासचिव पदमा मेरो उम्मेदवारी अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रह्यो। अनेकन् भ्रम र अफ़वाह सिर्जनागरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्यो र असफल तुल्यायो ।

    १०- एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन्। यसले पार्टीको उज्यालो भविष्यलाई संकेत गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।