काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनल खेलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै भारतीय क्लब इस्ट बंगालले पहिलो संस्करणको उपाधि जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा एपीएफ क्लबलाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो । राष्ट्रिय खेलाडीले भरिपूर्ण रहेको एपीएफ टोलीले एक गोल पनि गर्न सकेन । इस्ट बंगालको लागि कप्तान फाजिला इक्वापुतले दुई गोल गरिन् । उनले खेलको २२औं र ४६औ मिनेटमा गोल गरेकी हुन् र सिल्की देवीले एक गोल गरेकी थिइन् । इस्ट बंगालले अपराजित रहँदै उपाधि जितेको हो ।
फाइनल जितेसँगै भारतीय क्लब इस्ट बंगालले १० हजार डलर र उपविजेता बनेको एपीएफले ५ हजार डलर पुरस्कार पाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology