Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बित

श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बित

images
  • श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बित
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीले उपाध्यक्ष मित्र परियारलाई निलम्बन गरेको छ ।

    images
    images
    images

    अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष परियारले गत शनिवार बुटवलमा आयोजित कार्यक्रममा पार्टीको आचारसंहिता विपरित हुने गरि अभद्र व्यबहार गरेको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरि गाली गरेकोले पदबाट निलम्बन गरेको जानकारी गराएका छन् ।

    images
    images
    images

    अध्यक्ष साम्पाङले पार्टीमा कोहि नेता या कार्यकर्ता नरहने सबै श्रमदाता रहने भएकाले सदस्यहरुलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यबहार गर्नेमाथि कारवाही गरिने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    स्थापनाको छोटो समयमा नै श्रम संस्कृति पार्टीका दुई उपाध्यक्ष निलम्बनमा परेका छन् । यसअघि उपाध्यक्ष राजकुमार तामाङ लामालाई मङ्सिर २ गते निलम्बन गरेको थियो । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # 'श्रम संस्कृति पार्टी'
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।