Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

इन्डोनेसियाका बलरको टी-२० क्रिकेटमा नयाँ किर्तिमान : एकै ओभरमा लिए ५ विकेट

इन्डोनेसियाका बलरको टी-२० क्रिकेटमा नयाँ किर्तिमान : एकै ओभरमा लिए ५ विकेट

images
  • इन्डोनेसियाका बलरको टी-२० क्रिकेटमा नयाँ किर्तिमान : एकै ओभरमा लिए ५ विकेट
    images
    images

    काठमाडौँ । इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते द्रुत बलर गेडे प्रियन्दनाले अन्तर्राष्ट्रिय टी-२० खेलमा एक ओभरमा पाँच विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । मंगलवार बालीमा कम्बोडियाविरुद्धको पहिलो टी-२० खेलमा प्रियन्दनाले एकै ओभरमा ५ विकेट लिए ।

    images
    images
    images

    इन्डोनेसियाले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा कम्बोडियाले १०६ रन बनाएर ५ विकेट गुमाएको अवस्था रहेको थियो । प्रियन्दनाले खेलको १६औं ओभर बलिङ गर्दै पहिलो तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि चौथो बल डट भएको थियो । पाँचौं बलमा उनले अर्को विकेट लिए भने छैटौं बल ह्वाइट फालेका थिए । त्यसपछि अन्तिम बलमा अर्को विकेट लिएर कम्बोडिया १०७ रनमा अल आउट भएको थियो । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय खेलमा कुनै बलरले एक ओभरमा पाँच विकेट लिएको यो पहिलो पटक हो, तर आजभन्दा पहिले कुनै बलरले एक ओभरमा चार विकेट भने १४ पटक लिएका छन् । यी मध्ये सबैभन्दा प्रसिद्ध थियो जब श्रीलंकाका लसिथ मालिंगाले २०१९ मा न्युजिल्याण्डविरुद्धको टी-२० को तेस्रो ओभरमा चार बलमा चार विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।