Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

रोहित र विराटको घरेलु क्रिकेटमा शानदार कमब्याक : दुवैले खेले शतकीय पारी

रोहित र विराटको घरेलु क्रिकेटमा शानदार कमब्याक : दुवैले खेले शतकीय पारी

images
  • रोहित र विराटको घरेलु क्रिकेटमा शानदार कमब्याक : दुवैले खेले शतकीय पारी
    images
    images

    काठमाडौँ । भारतका सिनियर क्रिकेटर रोहित शर्मा र विराट कोहली घरेलु क्रिकेटमा फर्किएर शानदार प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    बुधवार विराट र रोहितले विजय हजारे ट्रफीमा आआफ्नो टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । विराट कोहलीले दिल्लीबाट आन्ध्र प्रदेशविरुद्ध खेल्दै १३१ रनको शतकीय पारी खेलेर आफ्नो टिमलाई जित दिलाएका हुन् । विराट १५ वर्षपछि घरेलु क्रिकेट खेलेका हुन् । उनले अन्तिम पटक २००९/१० सिजनमा दिल्लीका लागि खेलेका थिए । 

    images
    images
    images

    त्यस्तै अर्का सिनियर खेलाडी रोहित शर्मा ७ बर्षपछि मुम्बईका लागि खेल्दै १५५ रनको शतकीय पारी खेलेका छन् । सिक्किमविरुद्ध खेल्दै रोहितले मुम्बईको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । 

    images
    images
    images

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डले राष्ट्रिय टिमका सबै खेलाडीले घरेलु क्रिकेटको विजय हजारे ट्रफीमा खेल्न अनिवार्य गरेपछि रोहित विराट बर्षौं पछि घरेलु क्रिकेट खेलेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # रोहित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।