काठमाडौँ । भूमि समस्या समाधान आयोगले रोकिएको कामकारबाही सुरु गर्न निर्देशन दिएको छ । बुधवार आयोगले ७७ वटै जिल्ला समितिहरूलाई प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न भन्दै निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यस मातहतका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको थियो ।
निर्णय बदरसँगै भूमि समस्या समाधान आयोगले आयोग गठन आदेश, २०८१ तथा प्रचलित नियमअनुसार कामकारबाही सुरु गर्न भनेको हो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology