देवदह । राष्ट्रिय भूमि आयोग रुपन्देहीले देवदह नगरक्षेत्रमा काम गर्न कर्मचारी थपेको छ । नगरको वडा नं. ३ र ८ मा समेत नापीको काम अघि बढाउन स्थानीय दलका नेताहरूले दवाव दिएपछि आयोगले ९ जना कर्मचारीको संख्या थपेर काम अघि बढाउने भएको हो ।
सोमबार देवदहमा पत्रकारसंग कुरा गर्दै राष्ट्रिय भुमी आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जनशक्ति अभावले काम प्रभावित हुने देखिएपछि जनशक्ति थप गरिएको बताए । देवदहबासीले लालपुर्जा चै कहिले पाउँछन् भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिंदै अध्यक्ष आचार्यले प्रतिनिधिसभाको निर्वाचन अघि सबै भुमीहिन र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने बताए । 
सबै प्रक्रिया पुर्याएर अलिकति समय लाग्ने उल्लेख गर्दै उनले संघीय निर्वाचन अघि नै जिल्लाको भुमीहिन समस्या हल गरिने बताए । पहिले जिल्लामै देवदह नगरपालिकाले मात्रै आयोगसँग सम्झौता गरेकोले देवदहको काम अगाडि बढिसकेको र पछि सम्झौता गरिएका अन्य ११ स्थानीय तहको काम पनि सुरु हुने चरणमा रहेको उनले भनाइ छ ।
जिल्लाका ९ पालिकामा ७४ हजार र जिल्लाभरी एक लाख बढी नागरिकलाई लालपुर्जा दिलाउन आयोग सक्रियताका साथ लागेकोले आयोगका काममा शंका नगर्न आग्रह गर्दै उनले सबै प्रक्रिया पुर्याएर प्रतिनिधिसभा निर्वाचन अघिनै लालपुर्जाको समस्या हल हुने बताए ।
भुमी आयोगका जिल्ला सदस्य भरत तिवारी, महिला सदस्य निरुमाया बोहोरा, नापी अधिकृत कपिल ज्ञवाली लगायतको टोलीले देवदह नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतलाई भेटेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology