Logo

२०८३, कार्तिक २५गते


images
images

बालेन- रवि भेटवार्ता

बालेन र लामिछानेबीच आजपनि भेटवार्ता

बालेन र लामिछानेबीच आजपनि भेटवार्ता

images
  • बालेन र लामिछानेबीच आजपनि भेटवार्ता
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आज पनि भेटवार्ता भएको छ । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेन र लामिछानेबीच वान टू वान भेटवार्ता जारी रहेको हो ।

    images
    images
    images

    यसअघि सोमवार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा भेटेका बालेन र लामिछानेले विकल्पिक शक्ति निर्माण गर्ने विषयमा छलफल गरिरहेका छन् ।

    images
    images
    images

    सोमवारको भेटपछि बालेन र लामिछानेबीच केहि असमझदारी बढेको विषय बाहिर आएका बेला यो भेट भइरहेको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने मिडियामा आएपछि लामिछानेले खण्डन गर्दै त्यहाँसम्म छलफल नपुगेको बताएका थिए ।

    images
    images

    बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।