Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेश हिंसा

बंगलादेशमा भिडको कुटपिटबाट अर्को हिन्दु युवाको हत्या

बंगलादेशमा भिडको कुटपिटबाट अर्को हिन्दु युवाको हत्या

images
  • बंगलादेशमा भिडको कुटपिटबाट अर्को हिन्दु युवाको हत्या
    images
    images

    काठमाडौँ । बंगलादेशमा अर्को हिन्दु युवालाई भीडले कुटपिट गरी हत्या गरेको छ ।

    images
    images
    images

    घटना बुधबार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको बंगलादेशको अनलाइन डेली स्टारले उल्लेख गरेको छ । प्रहरीले मृतक हुने युवक २९ वर्षीय अमृत मण्डल भएको जानकारी दिएको छ । उनलाई ​​सम्राटको रूपमा पनि चिनिने बताइएको छ ।

    images
    images
    images

    यसअघि, डिसेम्बर १८ मा, ढाका नजिकै एक हिन्दू युवा दिपु चन्द्र दासको भीडले हत्या गरेको थियो। पछि उनलाई झुण्ड्याएर जलाइएको थियो ।

    images
    images
    images

    प्रहरीले अमृत मण्डललाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ । मृतक होसेन्डांगा गाउँका बासिन्दा थिए । प्रहरीले अमृतका साथी मोहम्मद सलीमलाई पक्राउ गरेको छ र उनीबाट दुई हतियार बरामद गरेको छ ।

    डेली स्टारमा प्रकाशित रिपोर्ट अनुसार, स्थानीयहरूले सम्राटमाथि आपराधिक गिरोह बनाएको आरोप लगाएका छन् । उनी लामो समयदेखि जबरजस्ती चन्दा असुल्ने र अन्य आपराधिक गतिविधिहरूमा संलग्न रहेको उल्लेख छ । भारतमा लामो समय लुकेर बसेपछि, उनी हालै घर फर्किएको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।