Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

आयोगले सार्बजनिक गर्यो अन्तिम मतदाता नामावली : गत निर्वाचनभन्दा ९ लाख १५ हजार बढे

आयोगले सार्बजनिक गर्यो अन्तिम मतदाता नामावली : गत निर्वाचनभन्दा ९ लाख १५ हजार बढे

images
  • आयोगले सार्बजनिक गर्यो अन्तिम मतदाता नामावली : गत निर्वाचनभन्दा ९ लाख १५ हजार बढे
    images
    images

    काठमाडौँ ।  निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ । 

    images
    images
    images

    आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।

    images
    images
    images

    शनिबार सार्बजनिक गरिएको अन्तिम नामावली अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन् । 

    images
    images
    images

    प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख  ३ हजार ६८९ मतदाता रहेका छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट  www.election.gov.np मा प्रकाशनसमेत गरिएको आयोगले जनाएको छ । 

    वि. सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

    आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ । यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।