Logo

२०८३, श्रावण ३०गते


images
images

टोलस्तरीय सेभेन साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिता : गुरुङटोल र माथादेवी विजयी

टोलस्तरीय सेभेन साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिता : गुरुङटोल र माथादेवी विजयी

images
  • टोलस्तरीय सेभेन साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिता : गुरुङटोल र माथादेवी विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सञ्चालित प्रथम टोलस्तरीय सेभेन साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न पहिलो खेलमा गुरुङटोल विकास संस्था विजयी भएको छ । गुरुङटोल विकास संस्थाले आदर्श टोल विकास संस्थालाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

    images
    images
    images

     खेलमा गुरुङटोल विकास संस्थाका जर्सी नम्बर २ का सञ्जय चौधरी र जर्सी नम्बर १३ का रमित चौधरीले एक-एक गोल गरेका थिए ।

    images
    images
    images

    यसैगरी दोस्रो खेलमा माथादेवी टोल विकास संस्था विजयी भएको छ । माथादेवी टोल विकास संस्था र दुर्गानगर टोल विकास संस्थाबीच भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा २ का विरुद्ध १ गोल गर्दै माथादेवी टोल विकास संस्था विजयी भएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका सहसंयोजक कुलवीर घर्तीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।