Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

कमल थापा फर्किदा राप्रपाको रिक्तताले पूर्णता पायो : राजेन्द्र लिङदेन

कमल थापा फर्किदा राप्रपाको रिक्तताले पूर्णता पायो : राजेन्द्र लिङदेन

images
  • कमल थापा फर्किदा राप्रपाको रिक्तताले पूर्णता पायो : राजेन्द्र लिङदेन
    images
    images

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफुले महसुस गरेको रिक्तताले आज पूर्णता पाएको बताएका छन् । 

    images
    images
    images

    राप्रपा र राप्रपा नेपालबीचको एकीकरण सभालाई सम्बोधन गर्दै कमल थापाको आगमनले राप्रपामा रहेको रिक्तताले पूर्णता पाएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'राप्रपा अगाडी बढिरहदा मेरो मनमा सधै एउटा चिज अपुरो भइराखेको थियो । केहि रिक्तता जहिले महसुस गरिरहने भनेको कमल थापा हो । कमल दाइँ नहुदाको राप्रपा मेरो मनमा एकदम अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छोडेर जानु भयो । म पार्टीको अध्यक्ष । मैले रोएर हिड्न पनि नमिल्ने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन उहाँ नभएर पनि चल्छ भन्नु पर्यो र चलायौं पनि । तर मनमा एक प्रकारको रिक्तता र अभाव भइरह्यो । आज त्यो पूर्ण भएको छ । सबैजना खुशी हुनुहुन्छ । सबैभन्दा बढी म खुशी छु ।'

    images
    images
    images

    अध्यक्ष लिङदेनले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै कसैले मनमा नराख्न आग्रह गरेका छन् । उनले राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढेको उल्लेख गर्दै सोहि अनुसार पार्टीको लोकप्रियता र स्वीकार्यता पनि बढाउनुपर्ने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।