Logo

२०८३, श्रावण ३०गते


images
images

हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि समर्थन गर्छौं : कमल थापा

हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि समर्थन गर्छौं : कमल थापा

images
  • हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि समर्थन गर्छौं : कमल थापा
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई समर्थनको शर्त अगाडी सारेका छन् ।

    images
    images
    images

    थापले बालेनको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने शर्त अगाडी सारेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् - यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

    images
    images
    images

    नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यस निर्वाचनमा भने लज्जास्पद प्रदर्शन गरेको छ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेस होल्ड मुश्किलले कटाएर राष्ट्रिय दलको मान्यता पाएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।