Logo

२०८३, श्रावण ३०गते


images
images

बहुविवाह र कानुन

बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत: थापा

बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत: थापा

images
  • बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत: थापा
    images
    images

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् ‘कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ । यो कार्य तत्काल रोकिनुपर्दछ ।’

    images
    images
    images

    सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था भएकफ उल्लेख गर्दै उनले यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएको आरोप लगाए । थापाले बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।