Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपा राजनीति

राष्ट्रवादी शक्तिहरूलाई विनाशर्त एकताबद्ध हुन कमल थापाको अपिल

राष्ट्रवादी शक्तिहरूलाई विनाशर्त एकताबद्ध हुन कमल थापाको अपिल

images
  • राष्ट्रवादी शक्तिहरूलाई विनाशर्त एकताबद्ध हुन कमल थापाको अपिल
    images
    images

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध हुन अपिल गरेका छन् ।

    images
    images
    images

    अध्यक्ष थापाले विकल्प बन्ने क्षमता भएका राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू विभाजित भएको भन्दै सबै शक्ति एक हुन आग्रह गरेका हुन् । उनले भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेको बताउदै सम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बन्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्-    जनता विकल्प खोजिरहेका छन् । विकल्प बन्ने क्षमता भएका राष्ट्रवादी,राजावादी,हिन्दुवादी शक्तिहरू विभाजित छौ । आरोप प्रत्यारोप र भिडन्तमा व्यस्त छौ । भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेका छन् । सम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बनौँ ।

    images
    images
    images

    उनले भ्रष्ट शासनबाट जनताले मुक्ति खोजेको अवस्थामा जनताको आक्रोश र असन्तुष्टिको फाइदा उठाउदै ठगहरु विकल्प दिन्छौं भन्दै अगाडी आएको बताउदै जनताको पक्षमा राप्रपा नेपालले कुनै शर्त नराख्ने बताएका छन् ।
       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।