Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेशन

राजेन्द्र लिङदेनले भने- बालेनले राजा ल्याउछ भनेर जनताले भोट हालेको नबिर्सनु

राजेन्द्र लिङदेनले भने- बालेनले राजा ल्याउछ भनेर जनताले भोट हालेको नबिर्सनु

images
  • राजेन्द्र लिङदेनले भने- बालेनले राजा ल्याउछ भनेर जनताले भोट हालेको नबिर्सनु
    images
    images

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ल्याउनुपर्छ भन्नेहरुले पनि रास्वपालाई मत दिएको बताएका छन् ।

    images
    images
    images

    रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजा चाहिन्छ भन्ने जनताले पनि बालेनले राजा ल्याउछ भनेर रास्वपालाई भोट हालेको बताएका हुन् । 

    images
    images
    images

    लिङदेनले रास्वपा र राप्रपाले एकै विषय परिवर्तको पक्षमा वकालत गरेको स्मरण गर्दै निर्वाचनबाट परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पाएको बताए । इतिहासले कहिल्लै नदिने अवसर रास्वपालाई दिएको बताउदै लिङदेनले यो अवसर गुमाएमा त्यसको असर रास्वपालाई मात्र नभएर सिंगो देशलाई हुनेतर्फ सचेत गराएका थिए ।

    images
    images
    images

    जनताले निर्वाचनमा राजनीतिक दल र नेता बिर्सेर एक कदम अगाडी सरेर निर्णय गरेको बताउदै लिङदेन रास्वपालाई विशिष्ट जिम्मेवारी दिएको जिकिर गरे ।

    उनले संबिधानमा परिवर्तन नगरिकन देशले निकास नपाउने दाबि गर्दै उनले अवसरको सदुयोग गर्न आग्रह गरे । उनले सरकारले गरेका राम्रा काममा राप्रपाले सहयोग गर्ने बताउदै गलत काम गरेमा खबरदारी गरिरहने समेत बताए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङदेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।