Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

विशेष महाधिवेशन पक्ष अगाडी बढेपछि काँग्रेसमा तनाव : विकल्पमा छलफल गर्दै देउवा

विशेष महाधिवेशन पक्ष अगाडी बढेपछि काँग्रेसमा तनाव : विकल्पमा छलफल गर्दै देउवा

images
  • विशेष महाधिवेशन पक्ष अगाडी बढेपछि काँग्रेसमा तनाव : विकल्पमा छलफल गर्दै देउवा
    images
    images

    काठमाडौँ । काँग्रेसमा नियमित महाधिवेशन तोकिएको समयमा नहुने भएपछि विशेष महाधिवेशनको विषय अब अगाडी बढेको छ ।

    images
    images
    images

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन भएको र अबको विकल्प विशेष महाधिवेशन भन्दै अगाडी बढेपछि सभापति शेरबहादुर देउवासहितका संस्थापन पक्षका नेताहरु छलफलमा जुटेका छन् । सभापति देउवाले विहिबार साँझ पनि आफु पक्षका नेताहरुसँग छलफल गरेर पार्टी फुट्न दिन नहुने बताएका थिए ।

    images
    images
    images

    शुक्रबार बिहान पनि उनले नेताहरुसँग विकल्पका बारेमा छलफल गरेको बुझिएको छ । शुक्रबार बिहान मात्र काँग्रेसका दुई दर्जन केन्द्रीय सदस्यले देउवालाई भेटेर पार्टी फुट्नबाट जोगाउन आग्रह गरेका थिए । सभापति देउवाले आफु पनि पार्टी फुटोस भन्ने पक्षमा नरहेको बताएका थिए ।

    images
    images
    images

    यसैबीच विशेष महाधिवेशन पक्षधरले शुक्रबार विहान पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न माग गरेको छ । उनीहरुले विशेष महाधिवेशन विधानको बाध्यकारी व्यवस्था भएकाले सोहि अनुसार आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्न माग गरेका छन् ।

    संस्थापन पक्ष निर्वाचन अघि महाधिवेशन गर्न नहुने अडानमा रहेका बेला दुई महामन्त्रीको साथ पाएर विशेष महाधिवेशनका पक्षधर अगाडी बढेपछि काँग्रेस विभाजनउन्मुख भएको अनुमान गरिएको छ ।

    पछिल्लो घटनाक्रम बारे छलफल गर्न काँग्रेसले आज ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।