Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मगर संघ देवदहको नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन

मगर संघ देवदहको नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन

images
  • मगर संघ देवदहको नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन
    images
    images

    देवदह । नेपाल मगर संघ देवदहको ५औ अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गरिएको छ । किशनबहादुर थापाको अध्यक्षतामा चयन भएको नेतृत्वलाई शुक्रबार एक कार्यक्रमका बिच पदस्थापन गरिएको हो । 

    images
    images
    images

    संघको उपाध्यक्षमा मिलन मास्कीराना, सचिवमा चोलीमाया झेडी, कोषाध्यक्षमा कुलबहादुर आले र सदस्यहरुमा फागुकुमारी सारु, गिरीबहादुर विरकट्टा, चेतबहादुर डिसुवा, विक्रम थापा, प्रितम थापा, जुनु थापा, देवबहादुर सारु, राधा फुंजामगर, अमृता घर्ती निर्वाचित भएका थिए । 

    images
    images
    images

    अधिवेशनले कृष्णबहादुर थापा संयोजक ताराबहादुर थापा र दिलु थापा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन मण्डलका संयोजक यम रानाको अध्यक्षता र नेपाल मगर संघका केन्द्रिय लेखा आयोग सदस्य जसबहादुर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचित अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गर्दै भाषा, संस्कार, संस्कृतिको संरक्षणमा लाग्ने बताए । 

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि पुनले पहिचान स्थापित गर्नेगरी एकजुट हुन नवनिर्वाचितहरुलाई आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष मनबहादुर राना, पुर्व जिल्ला सदस्य रिता थापा लगायतले बोलेका थिए । 

    निर्वाचन मण्डलका सदस्य शोभाकुमारी थापाको स्वागत र गोविन्द घर्तीको सञ्चालनमा कार्यक्रम भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर संघ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।