Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

images
  • फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल
    images
    images

    भरतपुर । नेपाल सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । 

    images
    images
    images

    भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धादली रहित ढङ्गबाट  निर्वाचन हुने बताए । उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने- 'आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।' 

    images
    images
    images

    १० लाख वढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उनले सुरक्षा  निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए । सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने- 'पार्टीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।' 

    images
    images
    images

    जनस्तरदेखि मिडियासम्म प्रश्न देखि जवाफ सम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो ।  उनले आफु कुनै पनि पार्टीमा नरहेको स्पष्ट पर्दै चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय नगरेको बताए । सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफु त्यसमा केन्द्रित भएको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।