Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुन्छ : गगन थापा

पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुन्छ : गगन थापा

images
  • पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुन्छ : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन हुने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले बैठकले गरेका निर्णयप्रति असहमति जनाउदै पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुने स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    उनले नेतृत्वले एक दुई दिनमा केन्द्रीय समिति बैठक बोलाएर विशेष महाधिवेशन गर्ने निर्णय नगरे आफुहरुले महामन्त्रीको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनमा जाने बताएका हुन् ।

    images
    images
    images

    उनले देशभरका काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनका लागि काठमाडौँ आउन समेत आव्हान गरेका छन् । महामन्त्री थापाले विधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने बताउदै विशेष महाधिवेशन हुने स्पष्ट गरेका छन् । उनले आजको बैठकले विधानमा व्यवस्था भए अनुसार विशेष महाधिवेशनको प्रस्तावनै नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।