Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

संक्रमणकाल भर भेनेजुएला अमेरिकाको नियन्त्रणमा हुनेछ : ट्रम्प

संक्रमणकाल भर भेनेजुएला अमेरिकाको नियन्त्रणमा हुनेछ : ट्रम्प

images
  • संक्रमणकाल भर भेनेजुएला अमेरिकाको नियन्त्रणमा हुनेछ : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को व्यवस्था नभएसम्म भेनेजुएला आफ्नो नियन्त्रणमा हुने बताएका छन् ।

    images
    images
    images

    पत्रकार सम्मेलन गर्दै ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क ल्याइदै गरेको र उनीहरुले अमेरिकामा कानुनी कठघरामा उभ्याउने बताए । उनले अहिले संक्रमणकाल भर भेनेजुएला अमेरिकाको नियन्त्रणमा हुने स्पष्ट गरेका छन् । उनले भने- 'अमेरिकाले सुरक्षित, उचित र न्यायपूर्ण संक्रमण नसकिएसम्म भेनेजुएलाको नेतृत्व गर्नेछ ।'

    images
    images
    images

    ट्रम्पले मादुरोलाई अमेरिकी न्यायको कठघरामा ल्याउने बताउदै भने- 'मादुरो र उनकी श्रीमती दुवैले अब अमेरिकी न्यायको सामना गर्ने छन् । उनीविरुद्ध अमेरिका र यसका नागरिकहरू विरुद्ध घातक लागूपदार्थ आतंकवादको अभियानको लागि न्यूयोर्कको दक्षिणी जिल्लामा अभियोग लगाइएको छ ।'

    images
    images
    images

    ट्रम्पले अमेरिकी सेनाको प्रसंशा गर्दै अमेरिकाले हासिल गरेको कुरा संसारको कुनै पनि राष्ट्रले हासिल गर्न नसकेको दाबि गरेका छन् । उनले आक्रमणमा भेनेजुएलाको सबै सैन्य क्षमताहरू शक्तिहीन बनाइएको र अमेरिकासँग भएको 'एक निश्चित विशेषज्ञताको कारण' काराकासको बत्तीहरू बन्द गरेर अप्रेशन गरेको जानकारी दिए ।

    साथै ट्रम्पल आवश्यक परेमा भेनेजुएलामा यो भन्दा ठुलो आक्रमण गर्ने चेतावनी दिदै अहिलेको अवस्था हेर्दा त्यो आवश्यक नपर्ने बताए । उनले अब भेनेजुएला धनि, स्वतन्त्र र सुरक्षित हुने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।