Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाले तेस्रो पटक पक्राउ गर्यो अर्को देशको राष्ट्र प्रमुख

अमेरिकाले तेस्रो पटक पक्राउ गर्यो अर्को देशको राष्ट्र प्रमुख

images
  • अमेरिकाले तेस्रो पटक पक्राउ गर्यो अर्को देशको राष्ट्र प्रमुख
    images
    images

    काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो नियन्त्रणमा लिएपछि कुनै पनि राष्ट्र प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएको यो तेस्रो पटक हो ।

    images
    images
    images

    अमेरिकाले कुनै देशको राष्ट्रपति वा तानाशाहलाई पक्राउ गर्न सैन्य कारबाही गरेको यो पहिलो पटक होइन । यसअघि २००३ मा इराक र १९८९ मा पानामामा यस्तै कारबाही गरेको थियो ।

    images
    images
    images

    अमेरिकाले १९८९ मा अमेरिकाले ल्याटिन अमेरिकी देश पानामामा आक्रमण गर्‍यो । अमेरिकाले लागूपदार्थ तस्करी र अमेरिका विरोधी गतिविधिको आरोपमा पनामाका तानाशाह म्यानुएल नोरिएगालाई सत्ताबाट हटाएको थियो ।

    images
    images
    images

    यस आक्रमणमा अमेरिकी सेनाले पानामा सिटी सहित धेरै क्षेत्रहरूमा बमबारी गर्‍यो, जसमा लगभग २ हजार मानिसहरू मारिए । नोरिएगालाई पक्राउ गरी अमेरिका लगियो । १९९२ मा, एक अमेरिकी अदालतले नोरिएगालाई ४० वर्षको जेल सजाय सुनाएको थियो । 

    त्यसपछि २००३ अमेरिकाले इराकमा आक्रमण गर्‍यो । यसको उद्देश्य इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाउनु थियो, जसलाई संयुक्त राज्य अमेरिकाले इराकका विभिन्न समुदायहरू विरुद्ध हिंसा, अल-कायदालाई समर्थन र आणविक हतियार राखेको आरोप लगाएको थियो । अमेरिकी सेनाले बगदादसहित धेरै शहरहरूमा बमबारी गर्‍यो र सद्दामको सरकारलाई पतन गरियो । केही महिना पछि सद्दाम हुसेनलाई पक्राउ गरियो । त्यसपछि सद्दामलाई इराकी अदालतमा मुद्दा चलाइएको थियो । यस अवधिमा, इराक अमेरिकी सेनाको नियन्त्रणमा थियो ।

    अब शनिबार अमेरिकाले मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याउदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।