Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न चीनको आग्रह

मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न चीनको आग्रह

images
  • मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न चीनको आग्रह
    images
    images

    काठमाडौँ । चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    चीनले एक सार्वभौम राज्यविरुद्ध अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको बताउदै मादुरोलाई पक्राउ गरेको प्रति कडा निन्दा समेत गरेको छ ।

    images
    images
    images

    चीनको विदेश मन्त्रालयले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्टाउने प्रयास बन्द गर्न आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।

    images
    images
    images

    मादुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट शनिबार पक्राउ गरी अहिले न्यूयोर्कक ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मादुरो
  • # चीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।