काठमाडौँ । बंगलादेशले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले लिटन दासको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।
बंगलादेशको टिममा लिटन दास (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, सैफ हसन, तौहिद हृदोय, शमीम हुसेन, काजी नुरुल हसन सोहान, शाक महेदी हसन, रिशाद हुसेन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तस्किन अहमद, शैफ उद र शरीफुल इस्लाम रहेका छन् ।
बंगलादेश विश्वकपको टी-२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इटाली र इङल्याण्डसँग रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा वेस्ट इण्डिजसँग खेलेर विश्वकपको शुरुवात गर्दैछ । त्यस्तै बंगलादेशले फेब्रुअरी १७ मा नेपालसँग खेल्ने तालिका छन् ।
आइसीसी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology