Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

पवनकुमार सेठिया स्मृति टेष्ट क्रिकेटमा आर्मीलाई १६ रनको अग्रता

पवनकुमार सेठिया स्मृति टेष्ट क्रिकेटमा आर्मीलाई १६ रनको अग्रता

images
  • पवनकुमार सेठिया स्मृति टेष्ट क्रिकेटमा आर्मीलाई १६ रनको अग्रता
    images
    images

    भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही-११ बीच स्पर्धा हुने गरी टेष्ट, वनडे र टी-२० क्रिकेट आयोजना गरिएको हो । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा हुन लागेको यो पहिलोपटक हो ।

    images
    images
    images

    आइतबार सुरु टेष्ट को पहिलो दिन आर्मीले रुपन्देहीविरुद्ध १६ रनले अग्रता लिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट भयो ।

    images
    images
    images

    रुपन्देहीका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रन बनाए । बलिङ तर्फ आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए । यस्तै, घनश्याम पाण्डेले ३ र पारससिंह धामीले २ विकेट लिए ।

    images
    images
    images

    आर्मीले पहिलो इनिङमा ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । जसमा प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रुपन्देहीका अजय चौहान र विप्रसन केसीले ३-३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।

    प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।