Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

बंगलादेशमा आइपिएलको प्रशारणमा प्रतिबन्ध

बंगलादेशमा आइपिएलको प्रशारणमा प्रतिबन्ध

images
  • बंगलादेशमा आइपिएलको प्रशारणमा प्रतिबन्ध
    images
    images

    काठमाडौँ । बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नभएसम्म देशमा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारण निलम्बन गर्ने आदेश दिएको छ ।

    images
    images
    images

    क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट निकालेपछि विवाद बढिरहेका बेला बंगलादेश सरकारले आइपिएल प्रशारण गर्न प्रतिबन्ध लगाएको हो ।

    images
    images
    images

    यसअघि, युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानलाई टोलीबाट बहिष्कार गरिएकोमा विरोध गर्दै सूचना तथा प्रसारण सल्लाहकारलाई आगामी आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक उपायहरू अपनाउन अनुरोध गरेका थिए ।

    images
    images
    images

    उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आगामी टी२० क्रिकेट विश्वकपमा बंगलादेशको खेलहरू भारतको सट्टा श्रीलंकामा सार्ने अनुरोध गर्दै आईसीसीलाई पत्र लेख्न निर्देशन दिएका छन् ।

    बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२६ को टी- २० विश्वकप खेल्न बंगलादेश भारतको यात्रा नगर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।