Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

टोपबहादुर रायमाझीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

टोपबहादुर रायमाझीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

images
  • टोपबहादुर रायमाझीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश
    images
    images

    काठमाडौं । टोपबहादुर रायमाझीलाई थुनामुक्तको माग गर्दै दायर भएको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

    images
    images
    images

    भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले २०८० को असार १ मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । यसअघि पुस ११ गते जिल्ला अदालत काठमाडौंमा रायमाझीले थुनामुक्तको निवेदन दिएका थिए । तर, जिल्ला अदालतले मागबमोजिम नहुने आदेश दिएपछि उनी उच्च अदालत पुगेका हुन् ।

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्लाको आदेशपछि रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना कारागार चलान भएका थिए । धरौटी बुझाएर खाँण थुनामुक्त भएपानी रायमाझी भने कारागारमै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोपबहादुर रायमाझी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।