Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

images
  • आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह
    images
    images

    काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ ।

    images
    images
    images

    अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ ।

    images
    images
    images

    भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन्।

    images
    images
    images

    निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए ।

    साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।