Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन थापालाई एमाले महासचिव पोखरेलको जवाफ : हामी 'दास' होइनौं, 'स्पार्टाकस' हौँ

गगन थापालाई एमाले महासचिव पोखरेलको जवाफ : हामी 'दास' होइनौं, 'स्पार्टाकस' हौँ

images
  • गगन थापालाई एमाले महासचिव पोखरेलको जवाफ : हामी 'दास' होइनौं, 'स्पार्टाकस' हौँ
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिदै आफुहरु दास नभएर 'स्पार्टाकस' भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले  देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने भन्दै ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका हुन् ।

    images
    images
    images

    आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेस दास र लाश भएको पार्टी नभएको भन्दै पार्टीमा प्रश्न नमरेको र कोहि 'बा' पनि नरहेको भन्दै एमाले लक्षित टिप्पणी गरेका थिए ।  महासचिव पोखरेलले महामन्त्री थापाको सोहि टिप्पणीको जवाफ दिदै ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताउदै ती स्पार्टाकस-जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन् :  

    यसरी पनि सोच्न सकिन्छ- भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन-जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस-जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।