Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन-विश्वसँग काँग्रेसको संस्थापन पक्ष छलफलमा

गगन-विश्वसँग काँग्रेसको संस्थापन पक्ष छलफलमा

images
  • गगन-विश्वसँग काँग्रेसको संस्थापन पक्ष छलफलमा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाउदै दुई महामन्त्रीलाई वार्तामा बोलाएका छन् ।

    images
    images
    images

    सभापति देउवाले पत्र पठाएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका हुन् । सभापति देउवाले नेता डा. शेखर कोइरालालाई पार्टीमा एकताको पहल गर्न आग्रह गर्दै  महामन्त्रीहरुसँग छलफल गर्न आग्रह गरेका थिए ।

    images
    images
    images

    सभापति देउवाले पार्टी एकता बचाउन गरेको आग्रह अनुसार कोइरालाले  महामन्त्रीहरुसँग भेटे गरिरहेको बताइएको छ ।

    images
    images
    images

    भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न अगाडी बढेपछि संस्थापन पक्षका नेताहरु परामर्शमा जुटेका थिए । संस्थापन पक्षका नेताहरुले अहिले पनि विशेष महाधिवेशनलाई मान्यता नदिने र चुनावपछि नै नियमित महाधिवेशन हुने बताउदै आएका छन् ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।