Logo

२०८३, आश्विन ९गते


images
images

कविता

म हुँ कवि

म हुँ कवि

images
  • म हुँ कवि
    images
    images

    शब्दहरुको त्यान्द्रा त्यान्द्रा बटुल्दै
    हारहरुको बरियोमा
    लयहरुको मुठो बांधेर
    पस्किन्छु सिर्जना 
    नझस्किनुस महोदय 
    म हुँ कवि ।

    images
    images
    images

    कुनै शब्द पेचिलो पनि हुनसक्छन् 
    कुनै भाव घोचिलो पनि हुनसक्छन् 
    प्रतिशोध सांधेको छैन
    बिरोध गरेकै होईन
    नझस्किनुस महोदय 
    म हुँ कवि ।

    images
    images
    images

    भ्रष्टाचार देखेको छु कविता कोर्छु
    बलात्कार बढेको छ गजल कोर्छु
    धारिलो औजार प्रयोग गरेको छैन 
    घातक हतियार प्रयोग गरेको छैन
    नत फलानो जिन्दावाद भनेको छु
    नत ढिस्कानो मुर्दावाद नै भनेको छु
    म बिद्रोही होईन है
    नझस्किनुस महोदय 
    म हुँ कवि ।

    images
    images
    images

    राजनीतिमा लाजनिती हावी हुँदा बोलिन
    नेताहरुमा कमिसन तन्त्र हावी हुँदा बोलिन
    जात भाषा धर्म र सम्प्रदायलाई फिटिक्कै छोईन
    वर्गीय असमानताका खाडलहरु हेर्दै
    मुख सिलाएर बसेको छु
    म बोलेकै छैन
    जे बोल्छन् मेरा शब्दहरु बोल्छन् 
    नझस्किनुस महोदय 
    म हुँ कवि ।

    मपाईत्वले तिमिहरु शिखर चढ
    गुट प्रतिगुटमा तिमिहरु अझै अघि बढ
    रास्ट्रीयतालाई ओझेलमा पार
    एमबिसिमा बियर पार्टी मनाउ
    बालुवाटारमा नाच लगाउ
    सिंहदरबारमा गित गाउ
    पार्टी कार्यालयमा महोत्सव गर
    मुख सिलाएर बस्छु तर बोल्दिन
    जे बोल्छन् मेरा शब्दहरु बोल्छन् 
    नझस्किनुस महोदय 
    म हुँ कवि ।
    म हुँ कवि ।।

    ✍️ रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।