Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

images
  • न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजको लागि टिम घोषणा गरेको छ । 

    images
    images
    images

    भारतको टी-२० टिममा श्रेयस अय्यरले कमब्याक गरेका छन् । उनले पहिलो तीन खेलका लागि भारतीय टोलीमा तिलक वर्माको स्थान लिएका छन् । यसबाहेक, बोर्डले वाशिंगटन सुन्दरको स्थानमा रवि बिश्नोईलाई टिममा राखेको छ । अय्यरलाई पहिलो तीन खेलको लागि टी-२० टोलीमा समावेश गरिएको छ । उनले अन्तिम पटक २०२३ मा अस्ट्रेलिया विरुद्ध भारतको लागि टी-२० खेल खेलेका थिए । त्यसबेलादेखि उनी टी-२० टोलीको हिस्सा भएका छैनन् । उनी हाल न्युजील्याण्डविरुद्धको जारी एकदिवसीय सिरीजमा तरंग बनाइरहेका छन् । भारतीय अलराउन्डर वाशिंगटन सुन्दर चोटका कारण न्युजिल्याण्ड विरुद्धको आगामी टी-२० सिरिजबाट बाहिरिएका छन् । 

    images
    images
    images

    पहिलो खेल २१ जनवरीमा नागपुरमा, दोस्रो खेल जनवरी २३ मा रायपुरमा, तेस्रो जनवरी २५ मा गुवाहाटीमा, चौथो जनवरी २८ मा विशाखापट्टनममा र पाँचौं जनवरी ३१ मा तिरुवनन्तपुरममा खेलिनेछ ।

    images
    images
    images

    टी–२० सिरिजको भारतीय टीम: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकीपर), श्रेयस अय्यर (पहिलो तीन टी–२०), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, शान किशन (विकेटकिपर), रवि बिश्नोई ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।