Logo

२०८३, श्रावण ३०गते


images
images

मुद्धा फिर्ता प्रकरण

महान्यायाधिवक्ताको निर्णयविरुद्धका तीन रिट दर्ता, मंगलबार पेसी

महान्यायाधिवक्ताको निर्णयविरुद्धका तीन रिट दर्ता, मंगलबार पेसी

images
  • महान्यायाधिवक्ताको निर्णयविरुद्धका तीन रिट दर्ता, मंगलबार पेसी
    images
    images

    काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधविरुद्धको मुद्धा फिर्ता लिनसक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन रिट दर्ता भएका छन् ।

    images
    images
    images

    युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फवाट पेस भएको रिट दर्ता भएका हुन् । रिटको पहिलो पेसी माघ ६ गते मंगलबारका लागि तोकिएको छ ।

    images
    images
    images

    रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै यसलाई रोक्न अन्तरिम आदेशको माग गरिएको छ । 

    images
    images
    images

    महान्यायाधिवक्ता भण्डारीले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरुको अभियोगपत्र स‌ंशोधन गर्ने निर्णय गरेकी थिइन् । सुरुमा उनले रवि लामिछानेको मात्र मुद्धा संशोधन लिने निर्णय गरेपनि शुक्रबार पुन: सच्चाउँदै सबै प्रतिवादीविरुद्धका दुई अभियोगपत्र संशोधनका लागि स्वीकृति दिन निर्णय गरेकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सम्पत्ति शुद्धीकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।