Logo

२०८३, श्रावण ३०गते


images
images

संसदमा भीम रावल बोलेकोमा एमालेको आपत्ति 

संसदमा भीम रावल बोलेकोमा एमालेको आपत्ति 

images
  • संसदमा भीम रावल बोलेकोमा एमालेको आपत्ति 
    images
    images

    काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ ।

    images
    images
    images

    आइतबारको संसद बैठकमा  नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आपत्ति जनाउँदै बोलेका थिए ।

    images
    images
    images

    सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आपत्ति जनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा आपत्ति जनाएका हुन् ।

    images
    images
    images

    ‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो । तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?’, प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।