Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

‘पदमा टाँसिइरहने होइन, ससम्मान नेतृत्व हस्तान्तरण गरौँ’ : भीम रावल

‘पदमा टाँसिइरहने होइन, ससम्मान नेतृत्व हस्तान्तरण गरौँ’ : भीम रावल

images
  • ‘पदमा टाँसिइरहने होइन, ससम्मान नेतृत्व हस्तान्तरण गरौँ’ : भीम रावल
    images
    images

    बुटवल । नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भिम रावलले नेतृत्वको पदमोह र कम्यूनिष्ट आचरण नभएकाले कम्यूनिष्टहरु कमजोर अवस्थामा आइपुगेको बताएका छन् ।  उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिष्ट पार्टीहरु निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरुले ससम्मान विदाई भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

    images
    images
    images

    पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बुटवलमा गरिएको वर्तमान राजनैतिक परिस्थितीमा बामपन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै मुलुक गम्भिर संकटमा गुज्रिएकाले अब शिर्ष भनिएका नेताहरुले विगतको गल्ती सच्चाउँदै कम्यूनिष्ट आन्दोलन जोगाउनुपर्ने बताए  ‘मानिस कति चोटी प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ’ उनले भने –‘वैचारिक र संगठनात्मक रुपमा नेताहरु तपाईहरुको योगदान, त्याग देखियो, अब ससम्मान विदाई हुनुस् भनेर भन्नुपर्छ ।’ 

    images
    images
    images

    उनले आफू वामपन्थी शक्ति बलियो बनाउनका लागि बुटवलबाट साथीहरुले प्रस्ताव गरे यहि हस्ताक्षर गर्न तयार रहेको बताए । उनले देश र जनता धारासायी भएर अस्तित्व नै संकटमा पर्दा पनि म र मेरो पद भनेर अर्कालाई चुप लगाउने काम भइरहेको बताए । डा. रावलले विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछि नेतृत्वले गरेको अर्कमण्यका कारण कम्यूनिष्ट पार्टीहरुप्रति जनताको समर्थन घटेको बताए । उनले सुकुम्बासी, मजदुर र किसानका आवाज मुखरित गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    विमर्शमा नेपाली कम्यूनिष्ट पार्टीका अर्का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले वर्तमान सरकारका विरुद्ध कम्यूनिष्ट पार्टीहरुविच एकतासँगै संघर्षमा उत्रनुपर्ने बेला आएको बताए । उनले स्व. मदनभण्डारी र प्रचण्ड स्कूलिङबाट आएकाहरुविच पुन एकता र सहकार्य गर्दै आवश्यक परे दिनभरिमा शासन उल्ट्याउने गरी आन्दोलनको तयारीमा जुट्नपर्ने हुनसक्ने बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाह देश जलाएर सत्तामा पुगेको बताउँदै अब कम्यूनिष्ट पार्टीहरुले आवश्यक परे बल प्रयोग गर्ने गरी एकता गर्नुपर्ने बताए । 

    यस्तै कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले कम्यूनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए । उनले २०८२ फागुनमा भएको निर्वाचनले युवा पुस्ता मात्रै नभई सिंगो समाजले विश्वास नगरेको बताउँदै अब समिक्षा गर्ने बेला आइसकेको बताए ।

    गोष्ठिमा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले २०६४ सालदेखि क्रमश वामपन्थी दलहरुको जनमत खस्कदै गएको बताउँदै जेनजी आन्दोलन र गत वर्षको निर्वाचनले थला पारिदिएको बताए । उनले कम्यूनिष्टका नाममा अलग अलग ठाउँमा रहदा त्यसले जनतामा उत्साह नभएकाले आफूहरुले वामपन्थी दलहरुको भूमिकाको खोजीका लागि देशैभर बहसको प्रारम्भ गरेको बताए । 

    विचार गोष्ठिमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता वामदेव क्षेत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा लुम्बिनी संयोजक अब्दुल हुसेन, वाम बुद्धिजिवि घनश्याम पाठक, नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसि, नेकपा नेता लक्ष्मी भुसाल, अनिल किशोर घिमिरेले बोल्दै कम्यूनिष्ट एकता आजको आवश्यकता रहेको बताए । यसअघि पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर बाग्मती प्रदेशबाट यो अभियानको सुरुवात गरेको थियोे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।