Logo

२०८३, श्रावण ३०गते


images
images

भीम रावल एमालेबाट निष्काशित, ६ महिनाका लागि पाण्डे र तिमिल्सिना निलम्बित

भीम रावल एमालेबाट निष्काशित, ६ महिनाका लागि पाण्डे र तिमिल्सिना निलम्बित

images
  • भीम रावल एमालेबाट निष्काशित, ६ महिनाका लागि पाण्डे र तिमिल्सिना  निलम्बित
    images
    images

    काठमाडौँ । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ।

    images
    images
    images

    बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो। रावल हाल पार्टीको केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छन्।

    images
    images
    images

    उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए।

    images
    images
    images

    त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषा किरण तिमिल्सनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ।

    व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलन्यास गरेपछि कम्युनिष्ट पार्टीको आचारणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए। उनीहरुलाई प्रष्टिकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो।

    सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरुमाथि कारबाही गरेका हुन्। एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरुविरुद्ध उनले कडा कदम चालेका हुन् ।

    सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।